.

कनकाईमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोम माई पुल नजिकै गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पहिचान नखुलेको सेतो रङको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।


दुर्घटनामा परी कनकाई नगरपालिका–४ का ३५ वर्षीय कमल पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति करिब ८ः३० बजे उक्त कारले पराजुलीले चलाएको मोटरसाइकललाई विपरीत दिशाबाट ठक्कर दिएको थियो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो। अस्पताल पुर्याउनासाथ राति ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पराजुलीको शव अहिले सोही अस्पतालमा राखिएको छ।

दुर्घटना गराएर फरार रहेको सेतो कार र त्यसका चालकको खोजीका लागि प्रहरीले व्यापक परिचालन गरेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया