सडक स्तरोन्नती गर्ने कार्यको जिम्मेवारी लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले रतुवा केशलिया सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरेको छ ।
रतुवा केशलिया सडक खण्डको ६ किलो मिटर क्षेत्रफलको सडक स्तरोन्नती गर्ने कामको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि संगको ठेक्का सम्झौता अन्त्य गरिएको हो ।
हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवा केशलिया खण्डको ६ किलो मिटर सडक स्तोन्नतीको काम तीन वर्षमा पुरा गर्ने गरी ठेक्का सम्झौता गरेपनि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले दुई पटक सम्म म्याद थप गरिदा समेत जिम्मेवारी अनसारको काम पुरा नगरेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।
दुई पटक सम्म सडक स्तरोन्नतीका लागि म्याद थप गरिए र पछिल्लो समय गत जेठ महिनामा सकिएको जनाइएको छ ।
हुलाकी राजमार्ग अन्तर्गतको सो सडक खण्ड भएका यात्राहरु हिउँदमा धुलाम्मे र वर्षायामका हिमाल्मे सडक प्रयोग गर्न वाध्य हुदै आएका छन ।
हुलाकी राजमार्ग अन्तर्गतको सो ठाउँको ६ किलोमिटर सडक बाहेकको अरु तिर कालो पत्रे सम्पन्न भईसकेका कारण दैनिक यो सडक भएका र साना ठुला सवारीहरु सञ्चालन हुदै आएका छन ।