.

झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ४ जना पक्राउ

प्रहरीले झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध कारोबार र ओसारपसारमा संलग्न रहेको आरोपमा २ दुई महिलासहित ४ जनालाई चेकजाँचका क्रममा का क्रममा विभिन्न स्थानबाट हिजो पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थित सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतको दार्जिलिङ घर भएका गोपाल वैधलाई पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।

सुनसरीको धरानमा अस्थायी प्रहरी चौकी रेल्वेको टोलीले लागूऔषधसहित २ जना युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–११ की रोशनी राई र धरान–१५ की खुशी राई छन्। प्रहरीले उनीहरूको साथबाट १५० क्याप्सुल ट्रामाडोल र १६५ ट्याब्लेट स्पास्पेन बरामद गरेको छ।

यस्तै, मोरङको इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले चेकजाँचका क्रममा पथरी शनिश्चरे नगरपालिका–१ का अशोक बराईली लाई पक्राउ गरेको छ।

उनको साथबाट नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट प्रतिबन्धित औषधी बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान अगाडि बढाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया