विराटनगर, असोज ७ । जनता समाजवादी पार्टी, नेपाल जसपाको कोशी प्रदेश समितिको अध्यक्षमा दीपक याक्खा चयन भएका छन् ।
शनिबार इटहरिस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।
बैठकले निर्वाचन आयोगको प्रमुखमा विनोद नेम्बाङ, लेखा परिक्षण आयोगको प्रमुखमा केबलराम राई, अनुशासन आयोगको प्रमुखमा नबीन राई र सचिवमा दिर्घमान तामाङलाई चयन गरेको जसपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?