.

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षमाथि दुव्र्यवहार गर्ने नेविसंघ जिल्ला सभापति पक्राउ

विराटनगर ३१ जेठ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो दलेर दुव्र्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सभापति पोखरेललाई दुहबीबाट बुधबार मध्यान्हमा पक्राउ गरेको डिएसपी राजकुमार राईले जानकारी दिए। सभापति पोखरेल लगायतले विश्वविद्यालयमा अराजकता भएको भन्दै सेवा आयोगका अध्यक्ष दाहालमाथि सोमबार मोसो दलेर दुव्र्यवहार गरेका थिए। सुनसरीको तरहरास्थित निवासमै पुगेर दाहालमाथि दुव्र्यवहार गरेका थिए। दुव्र्यवहार गरेपछि अध्यक्ष दाहालले सभापति पोखरेललगायत नेविसंघका कार्यकर्ताविरूद्ध जाहेरी दिएका थिए । प्रहरीले पक्राउ परेका पोखरेलबाट अन्यको खोजी गरिरहेको डिएसपी राईले बताए। नेविसंघ कार्यकर्ता योगराज दाहालले ‘विश्वविद्यालय अराजक’ भएको भन्दै मोसो दल्नुपरेको तर्क गरेका थिए ।

विश्वविद्यालय नीति नियमविपरीत चलेको, सेवा आयोगले आफूनिकट कर्मचारी भर्ती केन्द्र बनाएको आरोप नेविसंघले लगाएको थियो। कानुन हातमा लिएर आयोग अध्यक्षको निवासमै पुगेर यसरी आक्रमण गरेका नेविसंघ कार्यकर्ताको दुव्र्यवहारबारे नेपाली कांग्रेसले भने अहिलेसम्म मुख खोलेको छैन। विश्वविद्यालयका विभिन्न संकायका डिन तथा प्राध्यापकहरूले हिजो मंगलबार विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेका थिए।

यस्ता क्रियाकलापले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक गतिविधि निर्वाध रूपमा अगाडि बढाउन हतोत्साहीत बनाएको उल्लेख गरेका थिए । विज्ञप्तिमा घटनाको निन्दा र भत्र्सना गर्दै विश्वविद्यालयमा लागेको ताला खुलाउन तथा परीक्षाको नियमितताको वातावरण बनाउन अपिल गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया