.

राष्ट्रिय सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

विराटनगर , ३० साउन  । राष्ट्रिय सभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।


संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रिय सभाको बैठक स्थगित भएको जानकारी दिए । सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया