विराटनगर ,२६ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध जनाएको छ । एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्। बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए। उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्।
एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै अवरोध गरेका छन्। । एमाले सांसद वेल घेराउ गर्न अघि बढेका छन्। सभामुख घिमिरेले नियमको पालना गर्न सांसदलाई आग्रह गरिरहेका छन्। ।
आज बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले सुन प्रकरणमा छानविनको माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो ।
एमालेले सो प्रकरण छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा बैठक अवरोध गर्दै आएको छ । समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ ।
उच्चस्तरीय समितिको माग गर्दै दुई सातादेखि संसद बैठक चल्न नदिँदा संसदमा आम जनताको समस्याका विषयमा छलफल हुन सकेको छैन । सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुुसन्धानको प्रक्रिया अघि बढाइसकेको अवस्थामा सरकार उच्च स्तरीय समिति बनाउन तयार देखिएको छैन भने एमाले समिति बनाउनै पर्ने अडानमा छ ।
एमालेले आफ्ना माग राखेर राष्ट्रिय र प्रतिनिधि सभाको बैठक प्रभावित बनाउदै आएको छ । समसामयिक बिषयमा सांसदहरुले बोलिसकेपछि एमालेले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको हो । दुवै पक्षका सांसदहरु उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिनुभयो ।
सांसदहरुले अवरोध गरिरहेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको अर्काे बैठक साउन ३१ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएको छ ।