.

संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितको बैठक

विराटनगर , २३ साउन । सभामुख देवराज घिमिरेले संसद् बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसदको अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्। 

बैठकमा सबै राजनीतिक दलका सचेतकहरू सहभागी छन्। 

बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठक ३ बजेलाई डाकिएको छ।

क्वीन्टल सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ। आजको बैठकमा पनि एमालेले आफ्ना धारणा राख्ने र गृहमन्त्रीले चित्त बुझ्नो जवाफ नदिए संसद अवरोध गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया