.

सभामुखसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक मंगलबार पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक डाकिएको छ । सभामुख घिमिरेसहित सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि मंगलबार पुनः बैठक बस्न लागेको हो ।

सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच सोमबार दुईपटक छलफल भएको थियो ।

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्न सकेन । एमालेले सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै संसदको अवरोध गर्दै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया