.

ललिता निवास प्रकरणमा महान्यायाधिवक्ता र प्रहरी प्रमुखबीच छलफल

विराटनगर ,२२ साउन  । महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवरबीच छलफल भएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणलाई लिएर छलफल भएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ। 

सर्वोच्च अदालतको आइतबार भएको फैसलापछि विकसित नयाँ परिस्थितिमा दुई निकाय प्रमुखबीच छलफल गरिएको जनाइएको छ।

आइतबार न्यायाधीशद्वय कुमार चुडाल र अनिलकुमार सिन्हाको इजलासले मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न सरकार र प्रहरीका नाममा आदेश जारी गरेको थियो। 

प्रहरी प्रमुख कुवँर महान्यायाधिवक्तालाई भेट्न रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय पुगेका हुन् । उनीहरु दुई जनाबीच आधा घण्टा ‘वान टु वान’ कुराकानी भएको स्रोतले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया