कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार निर्दाेष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणा गरेका हुन् । जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका उनले राजनीतिक परिस्थिति र कास्की २ को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले कांग्रेस उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी तथा युवामैत्री सोचको कदर गर्दै समर्थन जनाएको बताएका छन् ।
उनी नेविसंघका नेता हुन् । उनले एक व्यक्तिको नभई युवा पुस्ताको र भविष्यको विजय हुने बताएका छन्। । पौडेलले पार्टीको प्रतिबद्धता पत्र, राम्रा कामको सम्मान गर्ने र कमजोरीप्रति खबरदारी गर्ने नीतिलाई आत्मसात गर्दै सशर्त समर्थन गरेका हुन्। ।