.

पोखरा र भैरहवामा हुने भनिएको रास्वपाको कार्यक्रम स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा र भैरहवाका लागि तय गरेको आमसभा स्थगन गरेको छ । फागुन–९ मा भैरहवा र फागुन–१० मा पोखरामा हुने भनिएका कार्यक्रम स्थगन गरिएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । 


उक्त दुवै सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम थियो । रास्वपाले विशेष कारण सभा स्थगन गरिएको बताएको छ । 


बालेनको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम स्थगन गरिएको रास्वपा स्रोतले बताएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बालेन बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत काठमाडौं फर्किएका थिए । 


स्वास्थ्यमा समस्या आएपछि उनी आज हुने दाङको कार्यक्रममा पनि सहभागी नहुने रास्वपाले बताएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया