.

सुस्तायो सेयर बजार, घट्दो बजारमा खुम्चियो कारोबार

विराटनगर , १२ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५।०५ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९३।४२ विन्दुमा रोकिएको छ ।


मंगलबार ०।२५ प्रतिशतले बजार घटेको छ । बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ ।


मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।


घट्दो बजारमा पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड, आशा लघुवित्त, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।


स्वाभिमान लघुवित्त, सामलिङ पावर, एनआईबीएल ग्रोथ फण्ड, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य बढी घटेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया