.

खाना पकाउन विद्युतीय सामग्रीको प्रयोग बढ्दै, तीन वर्षमा भित्रियो साढे ६ अर्बको सामान

विराटनगर , २८ साउन । नेपालमा खानेकुरा पकाउन पछिल्ला वर्षहरुमा विद्युतीय सामग्रीको प्रयोग बढ्दै गएको छ ।


भन्सार विभागका अनुसार पछिल्लो तीन वर्षमा मात्र नेपालले ६ अर्ब ५१ करोड ३५ लाख ८१ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विभिन्न विद्युतीय सामग्री आयात गरेको छ ।

ऋयचउयचबतभ द्यबबजचबपजबचष्

ब्नलष् न्चयगउ


आर्थिक वर्ष २०७७र७९ देखि २०७९र८० सम्मको अवधिमा नेपालले ती सामग्री आयात गरेको हो ।


विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७र७८ मा दुई अर्ब नौ करोड ८९ लाख ५७ हजार रुपैयाँ, २०७८र७९ मा दुई अर्ब आठ करोड १० लाख ६२ हजार रुपैयाँ र २०७९र८० मा दुई अर्ब ३३ करोड ३५ लाख ६२ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विद्युतीय सामग्री नेपाल भित्रिएको छ ।


गत आर्थक वर्ष २०७९र८० मा नेपालले ३६ करोड ५९ लाख ७० हजार रुपैयाँको माइक्रोवेभ ओभन्स, २८ करोड १७ लाख २१ हजार रुपैयाँ इन्डक्सन् स्टोभ, १४ करोड ३७ लाख ५३ हजार रुपैयाँको इन्फ्रारेड स्टोभ, ३५ करोड ९७ लाख ७४ हजार रुपैयाँको राइस कुकुर र २८ करोडको कित्ली आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।


अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा ३५ करोड ५५ लाख ४५ हजार रुपैयाँको माइक्रोवेभ ओभन्स, २३ करोड ५२ लाख ८० हजार रुपैयाँको इन्डक्सन स्टोभ, आठ करोड ७५ लाख ६७ हजार रुपैयाँको इन्फ्रारेड स्टोभ, ५४ करोड २८ लाख २२ हजार रुपैयाँको राइस कुकुर र ४१ करोड २३ लाख रुपैयााको कित्ली नेपाल भित्रिएको थियो ।


आर्थिक वर्ष २०७७ र ७८ मा नेपालले विभिन्न देशबाट ३० करोड १५ लाख ७४ हजार रुपैयाँको माइक्रोवेभ ओभन्स, २४ करोड ३७ हजार ६२ हजार रुपैयाँको इन्डक्सन स्टोभ, ४४ लाख ४२ हजार रुपैयाँको इन्फ्रारेड स्टोभ, ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर र २३ करोड ६३ लाख ७० हजार रुपैयाँको कित्ली आयात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया