समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा श्रीमणकुमार गौतम नियुक्त
२१ वैशाख २०८१, शुक्रवार
0
प्रतिक्रिया
विराटनगर ,२१ बैशाख ।सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ ।
समितिका अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएपछि सरकारले गौतमलाई नियुक्त गरेको हो ।
सहकारी ऐन २०७४ जारी भएपछि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । तर सहकारीको समस्या भने समाधान हुने सकेको छैन ।
सहकारी विभागका अनुसार अहिले ३१ हजार वटाभन्दा धेरै सहकारी दर्ता छन् ।
सरकारले १८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
समस्याग्रस्त घोषणा नभएका तर बचतकर्ताको रकम ठगी गर्ने सहकारीको सङ्ख्या दुई सय ९३ वटा पुगेको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घका अनुसार दुई सय ७३ वटा सहकारीले बचतकर्ताको एक खर्ब रुपैयाँ अपचलन गरेका छन् ।