.

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो २ बजेदेखि

 राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि शुरू हुने भएको छ । हिजो बिहान साढे ८ बजेदेखि शुरू गर्ने भनिएको बन्दसत्र १ दिन ढिलाइ भएको हो ।


रास्वपा चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र शुरू हुनेछ । केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य शुरू भएको छ ।


महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको हो ।


भरतपुरमा रहेको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । महाधिवेशनका निम्ति ३ हजार ८४९ जना प्रतिनिधि कायम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया