.

ललिता निवास जग्गा प्रकरण ः जवाफी बहस सकिए आजै थुनछेक आदेश आउने

विराटनगर , २४ भदौ । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस जारी छ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश  भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरू भएको हो।

अहिले प्रतिवादीका तर्फबाट बहस भइरहेको छ। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएपछि आजै थुनछेक आदेश आउने सक्ने जिल्ला अदालत प्रशासनले जनाएको छ।

जवाफ बहसपछि जिल्ला अदालतले  पक्राउ परेकाहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश  जारी गर्नेछ । थुनामा रहेका १८ जनाको बयान सकिएसँगै गत भदौ १७ गतेदेखि थुनछेक बहस सुरू भएको हो।

ललिता निवास जग्गा प्रकरणमा ३१२ जना प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ। उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया