.

६० किलो सुन प्रकरणमा दिपेश पुनसँग सीआईबीले लियो बयान

विराटनगर , १९ भदौ ।त्रिभुवन विमानस्थल बाहिरबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ ।


सो प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबी​ले कार्यालयमै बोलाएर दीपेशसँग बयान लिएको हो । दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी स्रोतले बतायो ।


राजश्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो ।


सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि पछि सीआईबीले जिम्मा पाएको थियो । आफूले अनुसन्धानको जिम्मा पाएसँगै सीआईबीले सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया