.

मुसलधारे वर्षापछि आएकोबाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गयो

विराटनगर, २५ असार । मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु भएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तराखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एकरएक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले  विद्यालय तथा कलेज बन्द गरिएको छ ।

यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ । हिमाञ्चलको मन्डी जिल्लामा तीन वटा पुल बाढीले बगाएको छ ।यस्तै, मनालीमा सात घरमा क्षति भएको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । सात सयभन्दा धेरै सडक बन्द छन् ।


यस्तै, दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ । त्यहाँ २४ घण्टामा ३ सय ६५ दशमलव ४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया