.

महिला विश्व कप ः आज अन्तिम १६ का खेल हुँदै, कोलम्बिया र जमैका तथा फ्रान्स र मोरक्को खेल्दै

फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का अन्तिम दुई खेल हुँदैछन् ।

नेपाली समय अनुसार  आज दिउँसो पौने २ बजे बाट सुरु भएको पहिलो खेलमा कोलम्बिया र जमैका खेलदै छन् भने दोस्रो खेल बेलुका पौने ५ बजे बाट फ्रान्स र मोरक्कोबीच खेल  हुनेछ । आजको खेलबाट अन्तिम ८ मा पुग्ने थप दुई टोलीको टुङ्गो लाग्नेछ । आयोजक अष्ट्रेलियासहित ६ टोली इङ्ग्ल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स , जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । सहआयोजक न्युजिल्यान्ड समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि बाहिरिएको थियो ।

क्वाटरफाइनलका खेल शुक्रवारदेखि शुरु हुनेछन् । महिला विश्व कप अगस्ट २० तारिखसम्म चल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया