.

केपी ओली कप : मधेस प्रदेश विजयी, सुदूरपश्चिम ८ विकेटले पराजित

विराटनगर ,११  मंसिर । केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ । आज बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।


सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलको खेलमा २ विकेट गुमाएर भेट्टायो । मधेस प्रदेशका  लागि अनिल शाहले सर्वाधिक २५ रन बनाए भने इमरान शेखले १७ र पवन सरार्फले १४ रन जोडे ।


सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २  विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५८ रन मात्रै बनाएको थियो । प्रतियोगितामा आजै मदन भण्डारी स्पोर्टस् एकेडेमी ब्लू र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल पोखरामै दिउँसो १ बजे हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया