.

डुबेको अवस्थामा भेटिएकी महिलाको मृत्यु

विराटनगर , १६ कात्तिक ।   मोरङको पथरीशनिश्चरेमा पैनीमा डुबेको अवस्थामा भेटिएकी एक जना महिलाको बुधबार साँझ मृत्यु भएको छ ।


पैनीमा डुबेर घाइते भएको अवस्थामा फेला परेकी पथरीशनिश्चरे नगरपालिका–१ सुन्दर बस्तीकी ५२ वर्षीया गंगा राईको मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले दिनुभयो ।


उहाँका अनुसार गंगालाई घरनजिक रहेको पैनीमा डुबिरहेको देखेपछि छोराले उद्धार गरेर साँझ ६ बजेतिर उपचारका लागि अस्पताल पुर्याएका थिए ।


उपचारका लागि पथरी अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताउनुभयो । शवलाई पोस्टमार्टमाका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया