विराटनगर ,१८ भदौ। पूर्वाञ्चल विश्वविद्यालय फुटसल कप प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्लजेहरुले सहभागिता जनाएको प्रतियोगिताको उपकुलपति प्राध्यापक डा यादवराज कोइरालाले उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसरमा उपकुलपति कोइरालाले विश्वविद्यालयले खेलकुदलाई पनि महत्व दिएको बताउँदै यस्ता प्रतियोगिताले कलेज र विश्वविद्यालयको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । सिनामंगलको अर्किड कलेजमा भएको पहिलो खेलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८–२ गोल अतरले पराजित गर्दै एक्मी को बी टिमले अर्को चरणमा प्रवेश गरेको छ । यैगरी एक्मीको ए टिमले टिम गेटवेमाथि ६–० को जित निकाल्न सफल भयो ।
यसैगरी ह्वाइटहाउसको ए टिमले साउथ वेस्टर्न बिजनेश कलेजलाई ६–१ गोल अन्तरले स्तब्ध बनायो । त्यसैगरी दिनको अन्तिम खेलमा खोप इन्जिनियरिङ क्लबवले किस्ट क्लेजलाई ९–३ गोल अन्तरले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?