.

मोरङतिरै फर्कियो हात्तीको एउटा समूह , भारत नफर्किएसम्म सावधानी अपनाउन वन कार्यालयको आग्रह

झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जंगल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट हिजो आइतबार अधिकतम ३०  हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जंगलमा आइपुगेको थियो। मोरङको सुन्दरहरैंचास्थित कानेपोखरी जंगल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बंगालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको छ । 

हात्तीको बथान मोरङबाट झापातिर आइरहेको खबर प्राप्त भएपछि डिभिजन वन कार्यालय र स्थानीय पालिकाले वन कार्यालयले गस्ती टोली परिचालन गरी  जनधनको क्षति नहोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाएका छन्।

भारतको आसामदेखि नेपालको कोशी टप्पु क्षेत्रसम्म जंगली हात्तीहरू ओहोरदोहोर गर्दै आएका छन्। भारतबाट भित्रिने गर्भिणी हात्ती नेपालमा सुरक्षितरूपमा बालबच्चा हुर्काएरमात्र भारत फर्किने गरेका छन्।

अहिले भारत फर्किन लागेको बथानमा हात्तीका थुप्रै छावा रहेको बताइएको छ। भारत नफर्किएसम्म सावधानी अपनाउन वन कार्यालयका प्रमुख श्रेष्ठको आग्रह छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया