.

फागुन २१ को निर्वाचन ः १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ।

हिजो गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गर्दै देशव्यापी सुरक्षा व्यवस्थापनका मुख्य दिशानिर्देश तय गरेको हो।

बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सेनाबाट प्रतिनिधि सहभागीता  थिए।

बैठकले निर्वाचन अघि, निर्वाचनको अवधिमा र पछि समेत सुरक्षा चुनौती रहने निष्कर्ष निकाल्दै विशेष सतर्कता अपनाउने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

सुरक्षा व्यवस्थापनका लागि मतदान केन्द्रहरूमा तीन तहको ‘सर्कल सिक्युरिटी’ अपनाइनेछ । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुनेछन्। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया