.

जेन–जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै

जेन–जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन्।  जेन–जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन्।

खनालका अनुसार तीनवटा जेन–जी समूहहरूबीच सहमति गरेर आफ्ना सम्झौतापत्र तयार पारेका छन्। जेन–जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन–जी र जेन–जी फन्ट, घाइते र सहिद परिवारका प्रतिनिधिहरूले विगत एक सातादेखि माग पत्र तयार पारिरहेका थिए। 

खनालका अनुसार तयार पारिएको पत्रलाई आज प्रधानमन्त्री कार्यालयलाई बुझाएपछि  माग सम्बोधन गर्ने सन्दर्भमा र आन्दोलनलाई संस्थागत गर्ने विषयमा प्रधानमन्त्रीले कदम चाल्नुपर्ने उनीहरूको माग छ।खनालका अनुसार यो पत्र तयार गर्नका लागि विभिन्न छलफलहरू गर्दा लामो समय लागेको थियो।  खनालले आन्दोलनलाई संस्थागत नगरेसम्म कुनै पनि गतिविधि अगाडि नबढाउने समेत बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया