.

रोजिता बुद्धाचार्य नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बन्न सफल

विराटनगर , १६ फाल्गुन ।  सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उहाँ आज अध्ययनका लागि अमेरिकाको वासिङ्टन डिसीमा रहेको नासा जानु भएको छ ।
यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरमा रहेको  स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसक्नुभएको छ । विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै उहाँलाई स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा अध्ययन गर्ने अवसर मिलेको थियो ।
नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बनेसँगै रोजितालाई मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिकको रुपमा सम्मान गरेको छ । उहाँले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया