.

विराटनगर–३ का क्षेत्रीको मृत्युमा कैफियत आशंका, ‘सिडिआर’बाट अनुसन्धान प्रारम्भ गर्दै प्रहरी

विराटनगर , ११ फाल्गुन । विराटनगर–३ का युवा रोशन क्षेत्रीको मृत्युमा कैफियत आशंका गर्दै मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्ने भएको छ । स्थानीय जनप्रतिनिधि समेतको अनुरोधमा प्रहरीले मृत्युको कारण जानकारी लिन ‘कल डिटेल रेकर्ड’ बाट अनुसन्धान प्रारम्भ गर्ने भएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले प्राविधिक अनुसन्धानका लागि अदालतबाट अनुमति लिने काम अगाडी बढाइएको जानकारी दिएका छन् । अदालतको स्वीकृति बिना नेपाल टेलिकमले व्यक्तिको कल डिटेल नदिने भएका कारण अनुमतिका लागि लेखि पठाइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिएका हुन् ।
गत आइतबार विराटनगर–३ को एउटा चौरमा तार घाँटीमा बेरिएको अवस्थामा उनको शव फेला परेको थियो । घाँटीमा तारको पासो लागेको जस्तो देखिएपनि मृतक बसेको स्थितिमा फेला परेपछि आफन्त तथा अन्यले समेत मृत्यु नभई हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
यसैगरि 
विराटनगर बसपार्कको धनकुटा लजमा एक व्यक्ति मृत फेला परेका छन ् । मोरङको बेलबारी–५ कसेनीका २० वर्षीय अजयकुमार भगत विराटनगर बसपार्कको धनकुटा लजमा मृत अवस्थामा फेला परेका छन् ।
सोमबार दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत मंगलबार बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।
विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार घटनास्थल सुरक्षित गर्दै थप अनुसन्धानको विषय सुरु गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया