.

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

विराटनगर ,१६ माघ  ।  उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।
आज बिहान साढे ८ बजेतिर हृदयघात भएपछि मरासेनीलाई उपचारका लागि कलङ्कीमा रहेको नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यायाधीश मरासेनीकी आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया