विराटनगर, नेपालीहरुको महान पर्व बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिवार बिहानैदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर
जानेहरुको लर्को लागेको छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी,
गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना झोला सामान
बोकेर उभिएका छन् ।दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट
बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट
घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गरेको छ ।