.

मनसुन अवधिमा ९२ जनाको मृत्यु,३० बेपत्ता

यसपालीको मनसुनका समयमा देशभर विपद्जन्य  विराटनगर , ३० असोज। घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ । प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२, भारी वर्षाका एक सय ६८ र चट्याङका एक सय २३ घटना भएको जानकारी दिनुभयो ।


यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो । भित्रिँदा पनि नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो ।


यसवर्ष मनसुन एक सय २४ दिन रहेको थियो । यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया