विराटनगर , १९ असोज । बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान सूचना निकालेर बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी रहेको जनाएको छ ।
नेपालगञ्ज उपमहानगर ९पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका० का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदङ्गा, अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने जनाएको छ ।
हिजोदेखि दिउँसोको समयमा कर्फ्यु हटाइएको थियो । राति ८ बजेपछि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । कर्फ्यु आंशिक हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । नेपालगञ्जमा चहलपहल बढेको छ । पसल, विद्यालय खुलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?