काठमाण्डौ उपत्यका र आसपासमा हिजो र अस्ति
मौसम घमाइलो भए पनि आज भने बिहानैदेखि बदली भएको छ । कोशी र बाग्मती
प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ । आज देशभरको मौसम आंशिकदेखि
साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बाग्मती र कर्णाली
प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी
प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर
मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ ।