डेमोक्रयाटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको छ। जसमा एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ।
डब्ल्यूएचओले मंगलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामीहरू उपचारत छन् भने ११५ जना निको भएको पाइएको छ।
कङ्गोका अधिकारीहरूले ४४ जना व्यक्तीको संकास्पद मृत्यु सहित १३१ वटा सङ्काशपद घटनाहरूको पनि रिपोर्ट गरेका छन्।
आफ्नो दैनिक महामारी रिपोर्टमा कङ्गोको स्वास्थ्य मन्त्रालयले जारी गरेको सामुदायिक प्रसारणका आधारमा साप्ताहिक रुपमा पुष्टि भएका सङ्क्रमणका घटनाहरुमा पनि वृद्धि देखाइएको छ।
तथ्याङ्कले महामारी विज्ञान र प्रयोगशाला निगरानीका साथै निदान क्षमताको विकेन्द्रीकरणसहित तीव्र जनस्वास्थ्य उपायहरूले पहिले रोग पत्ता लगाउन योगदान पुर्याएको र विस्तारित सामुदायिक सङ्क्रमणको पुष्टि गरेको बताएको छ।
अफ्रिकामा इबोला रोगको प्रकोपको पहिलो महिनामा पुष्टि भएका घटनाहरूको यो सबैभन्दा ठूलो सङ्ख्या भएको डब्लुएचओका ‘हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन’ का निर्देशक अब्दिराहमान महामुदले मंगलबार जेनेभामा पत्रकार सम्मेलनमा बताएका छन्।
महामुदले रोगको फैलावट र विस्तार तिव्र गतिमा भइरहेको उल्लेख गर्दै विगत दुई हप्तामा उपचार क्षमता १९ वटा स्वास्थ्य क्षेत्रहरूबाट ५०० भन्दा बढी सैयामा उपचार भइरहेको बताए।डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले मंगलबार आफू चाँडै उच्च प्रकोपको रहेको इटुरी प्रान्तको प्रतिक्रिया सञ्चालनको अनुगमन गर्ने बताए।
यसैगरी लगभग ९० प्रतिशत सङ्क्रमण भएको डीआरसीको इटुरी प्रान्तको सिमानामा रहेको युगान्डामा पनि २० जनामा इबोला सङ्क्रमण भएकोे पुष्टि गर्दै १४ जना निको भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका अनुसार रिपोर्ट गरिएका सङ्क्रमणका घटनाहरु मध्ये १५ वटा आयातित केशहरु हुन्।
मंगलबार युगान्डा र डीआरसीले इबोला प्रकोपसँग लड्न साझा निगरानी र द्रुत प्रतिक्रिया टोली, मोबाइल प्रयोगशालाहरू, र इबोला उपचार केन्द्रहरूको संयुक्त तैनातीलाई समेट्दै सीमापार सहयोग सुरु गरेको जनाइएको छ।
गत शुक्रबार जारी गरिएको डब्ल्यूएचओ तथ्याङ्क अनुसार नयाँ स्वास्थ्य क्षेत्रहरूमा प्रकोपको निरन्तर विस्तारका कारण कङ्गोमा इबोला सम्बन्धी स्वास्थ्य जोखिम उच्च रहेको छ।