.

एमाले फर्किने तयारीमा धरानका पूर्वमेयर मेन्याङ्बो, बालकोट पुगेर ओलीसँग भेट

विराटनगर, १२ असार । धरान उपमहानगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेकपा एमालेमा फर्किने तयारीमा गरेका छन् । गत मंसिरमा सुनसरी क्षेत्र नम्बर १ मा एमालेले जसपालाई सहयोग गर्ने निर्णय गरेपछि उनी बागी उम्मेदवार उठेका थिए ।

त्यस क्षेत्रमा एमालेले आधिकारिक रुपमा अशोक राईलाई सहयोग गरेको थियोे ।एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका मेन्याङ्बोलाई पार्टीले सदस्यसमेत नरहने गरि कारबाही गरेको थियोे ।

उनीमाथि भएको कारबाही फुकुवा भइसकेको छैन् ।मेन्याङ्बोले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगे भेट गरेका छन् । उनले ओली निवास बालकोट पुगेर भेट गरेका हुन् । एमाले अध्यक्ष ओलीसँग भएको भेटमा सकारात्मक कुरा भएको उनले बताए । पार्टीमा सक्रिय भूमिकाका बारेमा आफूले अध्यक्षसँग कुरा गरेको र सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया