.

बालेनविरुद्ध अवहेलना मुद्दा, न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै

विराटनगर, १० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले उनीविरुद्ध मुद्दा दायर गरेकी हुन् । सो मुद्दामाथि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदैछ । 


बालेनले हिन्दी फिल्म चल्न नदिने अदालतको आदेशको विरोध गर्दै राष्ट्रियता र स्वाधिनताको सवालमा अदालतको आदेश नमान्ने भन्दै सामाजिक सञ्जालमा घोषणा गरेका थिए । उनले राज्य र अदालत भारतको गुलाम भएको समेत बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया