विराटनगर, ८ असार । शुक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढिपहिरोका कारण निकै धनजनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत उद्दार र पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाइएको बताउनुभएको छ । उहाँले विपद्जन्य घटनाबाट हुने क्षति न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो।
आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले देशको समग्र विकासका निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषयगत क्षेत्रका विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले मानव विकासमा पछि परेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको दावी गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले मुलुकको वर्तमान संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिवद्धत रहेको धारणा राख्नुभयो। उहाँले रासायनिक मलको आपूर्तिलाई प्रभावकारी बनाइएको भन्दै यस वर्ष ३ लाख ५१ हजार मेट्रिक टन आयात गरिएकाले मलको अभाव नहुने जिकिर गर्नुभयो।
सार्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यनगर गरि राष्ट्रिय दुग्ध विकास बोड खारेज गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दिर्घकालिन प्रारम्भीक ऊर्जा सम्झौता भएको र यो देशको हितका लागि हुने दावी गर्नुभयो।