.

बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

  विराटनगर ,५ असार । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता भएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो ।

असार २ गते रातिदेखिको वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको सरकारको भनाइ छ । गृहमन्त्री श्रेष्ठले विपद पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले प्रभावित घरधुरीलाई पनि सोही मापदण्ड अनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताउनुभयो ।उहाँले राहत, उद्दार तथा पुर्नस्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया