.

विराट नर्सिङ होममो खाना नली नभएको नवजात शिशुकोे सफल उपचार ,६ महिनामा १५० जना नवजात शिशु र बालवालिकाको शल्यक्रिया

विराटनगर,१२ साउन  । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दूर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नली नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो । विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य चिकित्सक डा. हिरामणि पाठक नेतृत्वको डा. बात्सल्य अज्र्याल, डा. रक्षा संग्रौला, डा. दिपराज उपाध्याय र डा. सोनिया दाहालको चिकित्सक टिमले खानाको नली नबनेको नवजात शिशुको सफल शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या पाँच हजारमा एक जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।

उदयपुरको बेलका नगरपालिका ६ की सम्झना राई ५ साउनमा प्रसूति सेवा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लिएकी थिइन् । त्यहाँ भेन्टिलेरसहितको एनआइसियू नभएपछि नवजात शिशुका बुबा मणिराज मगरले ५ साउनमा शिशुलाई विराट नर्सिङ्ग होममा ल्याएका थिए  त्यतिबेला शिशुको अवस्था नाजुक थियो ।

बाल शल्यचिकित्सक डा.पाठक नेतृत्वको टोलीले नवजात शिशुको खानाको नली नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नली स्वास नलीसँग जोडिएको हो । ‘एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भयो,’ बाल शल्य चिकित्सक डा. पाठकले भने, ‘यस प्रकारको समस्या अन्यन्तै दुर्लभ हो । यो जटिल अवस्थामा हुने भएको कारणले हस्पिटल पुगेको आधा घण्टाभित्र अप्रेसन थ्रेटरमा नवजात शिशुलाई लगेर शल्यक्रिया गरिएको हो ।’ विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए । ‘खानाको नली नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया हो,’ उनले भने, ‘सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सकिएको छ ।’

एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई हिजो  डिस्चार्ज दिईएको छ । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको डा. पाठकले बताए ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । 

यसै गरि 

विराट मेडिकल कलेज र विराट नर्सिङ होममा ६ महिनाको अवधिमा नवजात शिशु र बालबालिकाहरुको १५० भन्दा बढीको सफल शल्यक्रिया भएको छ । उपचारमा संलग्न बाल शल्य चिकित्सक डा. हिरामणि पाठकका अनुसार शल्यक्रिया गरिएको मध्ये २६ वटा नवजात शिशु र बाँकी बालबालिकाहरुको शल्यक्रिया गरिएको उनले बताए । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया