विराटनगर ,११ साउन । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक र सुविधासम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षा अस्पतालभित्र निजी क्षेत्रबाट संचालित एकमात्र विश्वस्तरीय ब्लड बैंक संचालनमा ल्याएको हो ।
संचालनमा आएको ब्लड बैंकमा ब्लड फाक्टरहरु छुट्याउने सुविधा भएकोले एक प्रिन्ट ब्लड बाट ४ जनासम्म बिरामीले जिवनदान पाउने विराट नर्सिङ्ग होम प्रा।लि।तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा।लि।का सि ई ओ डा. निकिता कार्कीले जानकारी दिनृ भएको छ । विरामीलाई रगत प्रयोग गर्नुको सट्टा चाहिएको बल्ड फ्याक्टर प्रयोग गर्नु पर्ने उहाको भनाइ छ । ‘निजी क्षेत्रबाट संचालनमा ल्याएको यो पहिलो ब्लड बैंक हो,’ उहाले भन्नु भयो, ‘विरामीको सहजताको लागि हामीले शिक्षण अस्पतालभित्र ब्लड बैंक स्थापना गरेका हौं ।’
अस्पतालमा भर्ना भएका विरामीलाई रगत आवश्यक परे झण्डै हस्पिटलबाट ८ किलोमिटर टाढा देवकोटा चोकमा रहेको रेडक्रसमा पुग्नु पर्ने अवस्था यससँगै अन्त्य हुने छ । यसले विरामीको उपचारमा सहज हुने अस्पतालले जनाएको छ ।
‘अहिलेको आधुनिक उपकरणहरु ल्याएर ब्लड बैंकमा राखिएको छ । यहाँ लामो समयसम्म रगत सुरक्षित राख्न सकिन्छ । माइनस ८ डग्रीसम्मको फ्रिजमा रगत सुरक्षित राख्न सकिने छ ।, विराटमा राखेको रगत खेर नजाने उहाले बताउनु भयो ।
जनचेतनासँगैे रक्तदान कार्यक्रम
विराट मेडिकल कलेज र विराट नर्सिङ्ग होमले जनचेतनामूलक कार्यक्रसँगै रक्तदान कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ । कसैको रगतले अस्पतालको शैय्यामा रहेको विरामी बचाउन सकिने भएको कारणले जनचेतनासँगै रक्तदान कार्यक्रमहरु सामाजिक संघसंस्था सँग सहकार्य गरी आयोजना गर्दै आएको छ ।
हिजो बुधबार लायन्स क्लब विराटनगर शुभम् र विराट नर्सिङ्ग होम प्रा लि को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम ४५ जनाले रक्तदान गरेका थिए ।
क्लबकी अध्यक्ष उमिर्ला थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विराट नर्सिङ्ग होम प्रा लि तथा विराट मेडिकल कलेज शिक्षण अस्पताल प्रा लि का सि ई ओ डा. निकिता कार्की, लायन्स क्लब ड्रिस्ट्रिक ३२५ का गर्भनर विजयहरि शर्मा, पूर्व गभर्नर राजन खत्री लगायतको उपस्थिति थियो ।