विराटनगर,जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ जना पुगेको छ ।नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९२ जना र रुकुमपश्चिममा ३७
गरी एक सय २९ जनाले ज्यान गुमाएका हुन् । भूकम्पमा परेर अहिलेसम्म एक सय ४०
जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका
हुन् ।जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको छ । त्यस्तै,
जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको
ज्यान गएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका
छन् । घाइते भएका र अरुको उद्धारको काम भइरहेको छ ।रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार
ज्यान गुमाएका ३७ जनामध्ये २८ जनाको सनाखत भइसकेको छ । गएराति ११ बजेर ४७
मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?