.

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

विराटनगर ,७ साउन। विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् ।

सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ । शनिवार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो ।झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको थियो ।

झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको काका सन्तोष रायले बताए । सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको र ‘पोस्टमार्टम रिपोर्ट पछि थप विषय खुल्ने ’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताउनृ भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया