.

जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु

जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । सो घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झा गत बिहीबार राति मृत फेला परेकी थिइन् ।

घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएा छन ।

रोशनीको माइत घर धनुषाको नगराइन नगरपालिका २ जटही हो । उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँगको बिहे भएको थियो । माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध उजुरी दिएका थिए ।

उजुरीपछि प्रहरीले उनीहरुलाई हिजो आइतबार नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले घटनाबारे अनुसन्धान जारी रहेको र  अहिलेसम्म मृतकको घाँटीमा डाम मात्र देखिएको बताउँदै पोस्टमार्टम रिपोर्ट पश्चात मात्र हत्या हो कि आत्महत्या हो भनेर निष्कर्षमा पुगिने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया