.

१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ

नवलपरासी पश्चिममा एक १९ वर्षीय किशोर १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्।

पक्राउ परेका किशोरलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट प्रहरीले पक्राउ गरेको हो।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

नवलपरासी पश्चिम । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

जिल्लाको बर्दघाट नगरपालिका– १ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

रोजिनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया