.

आगलागीका घटनामा वृद्धि

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भएको जनाएको छ । । विपदमा परेर ४९ लाख १८ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ ।  चिसो बढ्दै गए पनि आगलागीका घटनामा वृद्धि भएको छ ।

मोरङमा तीन, पर्सामा दुई, सिरहा, सर्लाही, ललितपुर, कास्की, बाग्लुङ, पर्वत, कपिलवस्तु र रूपन्देहीमा आगलागीका घटना भए । त्यसदिन १९ लाख ९६ हजार बराबरको क्षति भयो ।

प्राधिकरणका अनुसार, मङ्सिर ९ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म १३ विपदका घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ र सुनसरीमा, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा एक÷एक आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपदका कारण १८ लाख ४३ हजार बराबरको क्षति भयो ।

यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपदका घटना भए । त्यसदिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए ।

सुक्खा मौसम सुरु भए लगत्तै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया