.

अदालतका फैसलामा आगजनीले मिसिलमा पुगेका क्षतिको अभिलेख राख्ने क्रम शुरू

भदौ २४ गतेको आन्दोलनका क्रममा अदालतहरुमा आगजनी हुँदा मिसिलमा पुगेको क्षतिबारे फैसलामा अभिलेख राख्ने क्रम शुरू भएको छ ।

मिसिल जलेकाको हकमा पूर्णपाठ तयार पार्दा जलेको बेहोरा जानकारी उल्लेख गर्न थालेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतमा मात्र मुद्दाको फैसला भएका तर पूर्णपाठ लेख्न बाँकी रहेका तीन हजार ६ सय ८७ थान मिसिल नष्ट भएका छन् भने देशभरका २३ अदालतमा तोडफोड र आगजनी हुँदा चालू, अभिलेख तथा तहसिल शाखाका गरी नौ लाख ३३ हजार ८ सय २३ थान मिसिल नष्ट भएका छन् ।

सर्वोच्च अदालतले जलेका मिसिल खडा गर्ने कामलाई तीब्रता दिएको छ ।

अदालतले मङ्सिर १ गतेदेखि मुद्दाका पक्ष, सरकारी वकिल तथा सरोकारवालासँग मिसिल कागजात माग गरेर त्यसको परीक्षण र प्रमाणीकरणको काम शुरू गरेको हो । हिजोसम्म एक हजार ५ सय ४० थान मुद्दामा मिसिल प्राप्ति भएको सर्वोच्च अदालतले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया