.

विराटनगरको प्लास्टिक उद्योगमा आगलागी

विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो ।

प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको २ वटासहित दुहबी, सुन्दरहरैचा, बेलबारी नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण पनि संकलन भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया