.

गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य हुँदैनः प्रधानमन्त्री

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुरू भएको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । यसै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् ।  गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्ने उनको भनाइ छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया