.

जेनजी प्रदर्शनमा सुरक्षाकर्मीको अस्वभाविक बल प्रयोगः ह्यूमन राइट्स वाच

मानव अधिकारको विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राइट्स वाचले साढे गत भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट अस्वभाविक र असंगत बल प्रयोग भएकोनिष्कर्ष निकालेको छ।

संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा करिब तीन घण्टासम्म प्रदर्शनकारीहरूमाथि धेरैपटक अन्धाधुन्ध गोली प्रहार भएको र यसले परिस्थिति झन् भड्काएको उल्लेख छ ।

ह्यूमन राइट्स वाचले सरकारले गठन गरेको न्यायिक आयोगलाई पारदर्शी रूपमा काम गर्न र कानुन तोड्ने जो कोहीलाई अनुसन्धानको दायरामा ल्याउन सक्षम हुनुपर्ने औंल्याएको छ । प्रतिवेदनले सुरक्षाकर्मीहरू जीवन–मरणको जोखिममा नभएका बेला पनि गोली चलाएको ,अधिकांश गोलि टाउको, छाती र पेटमा केन्द्रित गरि प्रहार गरिएको निष्कर्ष निकालेको छ ।

गोली लागेर सयौँ घाइते भएका थिए भने १७ जनाको ज्यान गएको र त्यस दिन मर्नेको कुल संख्या २२ पुगेको थियो  प्रदर्शनकारीहरू बिहानै माइतीघरमा भेला भए पनि संसद भवन जाने सडकमा एउटा मात्र ब्यारिकेड राखिएको प्रतिवेदनमा उल्लेख छ ।

कानुन तोड्ने जो कोहीलाई अनुसन्धान र अभियोजनको दायरामा ल्याउन सक्नु नै आयोगको सफलताको कसी हुने बताएको छ । साथै, पहिलो र दोस्रो दिनको घटनामा संलग्न सबैको छानबिन हुनुपर्नेमा जोड दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया