.

आफन्तको नाममा पैसा माग्ने क्रम बढेको भन्दै सचेत रहन प्रहरीको अनुरोध

सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दुःख परेको बहाना बनाएर रकम माग्ने घटना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।

फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो सामान देखाएर अग्रिम भुक्तानी माग्ने जस्ता ठगी तीव्र भएको प्रहरीले जनाएको छ ।

अपरिचित नम्बरबाट आउने भिडियो कल र लिङ्क नखोल्न, ओटीपी कोड नदिन, स्क्रिन–शेयर नगर्न, व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा नराख्न र पासवर्ड कसैलाई नदिन प्रहरीको सुझाव छ ।

अनलाइन किनमेलमा अधिकृत बिक्रेता पुष्टि गर्न र क्यास–अन–डेलिभरी विकल्प प्रयोग गर्न प्रहरीले विशेष आग्रह गरेको छ । सबै प्रयोगकर्तालाई सामाजिक सञ्जाल र अनलाइन कारोबारमा सचेत र सावधान रहन प्रहरीले अनुरोध गरेको छ

 ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया